मनोरञ्जन

नेपाली कथानक चलचित्र “लव जोन“को छायाँकन समाप्त

काठमाण्डौ । बिजि बर्मा फिल्मसको ब्यानरमा ओम बहादुर कार्कीको निर्माणमा रहेको नेपाली चलचित्र “लवजोन “चलचित्रको गीतको छायांकनकोसगैँ सबै छायाँकन सकिएको छ ।

चलचित्रमा समाजमा बिध्यमान रहेको विभिन्न समस्यालाई चलचित्रल उजागर गर्ने प्रयास गरेको निमार्ण पक्षले जनाएको छ । मायाको कुनै अबधि र सिमाना हुदैन सन्देश चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी ले बताए ।

राजन महर्जन, तृष्णा खड्का, डिबि लामासहित नव प्रस्तुतिमा बिक्रम कार्की, प्रेरणा बोहरा, रुबिना थापा, राजन, श्रेष्ठ, राजु श्रेष्ठ, सुषमा थिङ, कुमार कार्की, शर्मिला भुजेल, निमा लामा को अभिनय रहेको छ । सोलु, जिरी, रामेछाप, काभ्रे र काठमाण्डौको रमणिय स्थानहरुमा छायांकन गरिएको छ । बिक्रम कार्की र सरोज थापाको छायांकन, राजन महर्जन र सुरेस पान्डेको नृत्य रहेको छ ।

लवजोन चलचित्रमा शंकर अधिकारी घायलको गीत, बाबुल गिरिको संगीत रहेको छ भने बाबुल गिरि, नित्याशिवा र शम्भु रैकाको आवाज अनि शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ । चलचित्रलाई आगामी नयाँ बर्षमा रिलिज गर्ने तयारी रहेको छ ।