समाचार

२१ गते काँग्रेसले ओली सरकार बिरुद्ध देशब्यापी आन्दोलन गर्ने घोषणा

काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रीय समितिले आज नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारका जनताका बिरुद्धका गतिबिधि बिरुद्ध ७७ वटै जिल्लामा आन्दोलन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा आईतबार बसेको बैठकले देशभर ओली सरकारका जनबिरोधी गतिबिधि बढेको भन्दै ओलि सरकारका कर्तुतबारे जनतासम्म जानुपर्ने भएकोले उक्त दिन देशभर आन्दोलन गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
वाईडबडीमा भएको ४ अर्ब ३५ करोडको भ्रष्टाचार, निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता नलगाएको, चिकित्शा शिक्षा बिधेयक पास गरि डा. केसीका जनताका पक्षका माग बेवास्ता गरेको, बुढी गण्डकीमा अनियमीतता भएको लगायतका बिषयलाई उठान गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशभर ओली सरकार बिरुद्ध उत्रने निर्णय गरेको बताएको छ । काँग्रेस भातृसंस्था नेपाल तरुण दल ओली सरकार बिरुद्धमा सडकमा आन्त्दोलन गर्दै छ भने नेबिसंघले समेत केहीदिनदेखी सरकारका कृयाकलापको बिरोमा प्रधानमन्त्रीको राजीनामासाथ पुत्ला दहन गरिरहेको अवस्था छ ।
काँग्रेसको ७ठ वटै जिल्लामा आन्दोलन गर्ने घोषणसँगै नेकपा सरकार आत्तिएको वालुवाटार स्रोतको दाबी छ । यही अनुसार काँग्रेसले ओली सरकार बिरुद्धमा उत्रिए ओली सरकार ढल्न समय नलाग्ने राजनीतिक बिश्लेशकहरु दाबी गर्छन् ।

काँग्रेस बैठकको आजको प्रेस विज्ञप्ति
०७५ माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शनको घोषणा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—
९१० गत माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै बैठक त्यसको घोर भत्र्सना गर्दछ ।
९२० माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन निम्न ६ मुद्दामा केन्द्रीत रहनेछ —
९क० संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा। गोविन्द के।सी।को अनसनप्रति संवेदनहीन व्यवहार ।
९ख० स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी।पी। कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास ।
९ग० प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना ।
९घ० देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र ।
९ङ० महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू ।
९च० जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू ।

माघ २१ को प्रदर्शनमा व्यापक सहभागिताका लागि बैठकले सबैमा हार्दिक अपील गरेको छ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ माघ १४ गते दिनको १ः०० वजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः वस्नेछ ।

आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा। प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। रामशरण महत, अर्जुननरसिंह के।सी।, महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, प्रवक्ता विश्वप्रकाश शर्मा र सरिता प्रसाईले आफ्नो धारणा राख्नु भएको थियो ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव