आर्थिक

डिशहोमको सवैभन्दा कम मासिक शुल्क

काठमाण्डौ । नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमा नै सवै भन्दा सस्तो मुल्यको मासिक मुल्यमा आफ्नो सेवाहरु प्रदानगर्न सुरु गरेको छ ।
डिशहोमले वजारकै सवै भन्दा कम मुल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ जस अन्तर्गत बाबाआमा, गृहिणी र वच्चाहरुकालागि उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको रु २५०, खेलकुद प्रेमिहरुकालागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको रु ३००, सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एच डि प्याकेज रु ३५० र सम्पुर्ण एचडी तथा एचडी च्यानलहरु भएको प्रिमिएमएच डि प्याकेज रु ४०० प्रति महिनामा उपलब्ध गराएकोछ । माघ १० गतेवाट नयाँ एक्टिभेसन मायो योजना लागु भएको छ । यो मिति भन्दा अगाडिनै डिशहोम जडान गरेका ग्राहाकहरुलाई समेत वार्षिक रिचार्जगरि माथि उल्लेखित मासिक मुल्यमा यो सेवा प्राप्तगर्न सक्ने छन् र यो सेवा डिस होमका आधिकारिक बिक्रेताहरु कहाँ उपलब्ध भएको डिस होमले बताएको छ ।
नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डि.टि.एच. सेवाप्रदायक डिशहोमले ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदान गरिहेको छ । पिक्चर क्वालिटिमा सवै भन्दा गुणस्तरिय सेवाप्रदान गरिरहेको डिशहोम, १६ लाखभन्दा वढी परिवारहरु ले प्रयोगगरिरहेका छन् । रमाईलो टिभि, एक्सन स्पोर्टस्, प्लस मुभि जस्ता आफ्नै च्यानलहरुले पनि डिशहोमको लोकप्रियता वढाउनको लागि महत्वपुर्ण भुमिका खेलेका छन् । नयाँ रिलिज नेपाली सिनेमा घरमा नै वसि हेर्न पाउने सुविधापनि डिशहोमले नेपालमै पहिलो पटक भित्राएको छ । यसै गरि चौविसै घण्टा संचालनहुने स्वचालित ग्राहक सेवा केन्द्र, ग्राहकहरुले आफै सेवालिन सक्ने मोवाईल एप र नेपालको कुनै पनि गाँउपालिका तथा नगरपालिका र त्यस भित्रकाहरेक वडाहरुमा विक्रि पछिको सेवा प्रदानगर्न सक्ने क्षमता समेत डिशहोममा रहेको छ ।
नेपालको पे टिभि इन्डस्ट्रीमा सवै भन्दा ठुलो वजार हिस्सा ओगटेको डिशहोम नेपालको अग्रणी पब्लिक कम्पनीमध्ये पर्दछ । दिर्घकालिन व्यवसाय, ग्राहकहरुलाई गुणस्तरिय सेवा र हरेक नेपालिलाई सुचना तथा मनोरञ्जन प्रदानगर्ने लक्ष लिएको डिशहोम आगामी दिनहरुमा यस्तै वजारमुखी सेवाहरु थपगर्दै जाने योजनामा छ ।