आर्थिक

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११।८४ विन्दुले घटेर एक हजार १६०।९३ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।३१ विन्दुले घटेर २४६।३५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका दश उपसमूहमध्ये अधिकांश उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ८।९, होटल ११।७१, विकास बैंक ११।७९, जलविद्युत् १९।८४, वित्त ०।७२, निर्जीवन बीमा १०८।२१, उत्पादन २१।६४, अन्य ६।६४, लघुवित्त १३।२८ र जीवन बीमा ७१।४३ अङ्कले घटेको छ ।

घटेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, कन्काई विकास बैंक, साुमदायिक लघुवित्त वित्तीय संस्था, युनाइटेड फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले बढी कमाएका छन् । यस्तै छ्याङदी हाइड्रोपावर, जनता बैंक नेपालका संस्थापक शेयर, एनएलजी इन्स्योरेन्स, बरुण हाइड्रो पावर, रिलायन्स फाइनान्स, नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।