समाचार

पानीले छ करोड इँटा बिग्रिए

चन्द्रौटा । लगातार दुई दिनसम्म परेको पानीका कारण कपिलवस्तुमा करीब छ करोड इँटा नोक्सान भएका छन् । बेमौसमी पानी परेका कारण काँचो इँटा उत्पादन गरी पोल्न तयारीमा राखेका इँटा पानीले बिग्रिएपछि उद्योगीले ठूलो नोक्सानी बेहोर्नुपरेको नेपाल इँटा व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष सफरअली मिँयाले जानकारी दिए ।

शिवराज नगरपालिकामा रहेको लोकप्रिय इँटा उद्योगमा मात्र शुक्रबार र शनिबार परेको पानीले छ लाख इँटा नोक्सान भएका उद्योगी जमसेर अलीले बताए । कूल ६७ सञ्चालनमा रहेका इँटा उद्योगमा नोक्सानी भएको केन्द्रीय उपाध्यक्ष मिँयाले जानकारी दिए ।

काँचो इँटा बनाउन मात्र माटो, श्रमिक, कैलालगायत लागतअनुसार प्रतिगोटा रु तीनदेखि चार खर्च हुने उनले बतार्ए । सो नोक्सानीले जिल्लामा इँटाको अभाव हुने र मूल्यमा समेत वृद्धि हुने सम्भावना बढेको छ ।