बाग्मती

शताब्दी पुरुष जोशीद्वारा श्रेष्ठ र धौभडेल पुरस्कृत

भक्तपुर । भक्तपुर साहित्यक समाजले भक्तपुरका दुई सर्जक कवि नवीनप्रकाश श्रेष्ठ र गायिका सानुमैयाँ धौभडेललाई ‘आरबी फाउण्डेशन प्रतिभा पुरस्कार’ प्रदान गरेको छ ।

समाजले शनिबार यहाँ आयोजना गरेको २० औँ स्थापना दिवसमा वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले पुरस्कृत श्रेष्ठ र धौभडेललाई दोसल्ला ओढाएर नगद रु ५ हजार ५५५ सहित ताम्रपत्र प्रदान गरी पुरस्कार प्रदान गरेका हुन्। संस्कृतिविद् जोशीलाई समेत अभिनन्दन गरिएको उक्त कार्यक्रममा उहाँले नयाँ पुस्ता पनि साहित्य र संस्कृतिमा अगाडि आउनु पर्नेमा जोड र्दिए।

कार्यक्रममा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले युवा पुस्तालाई साहित्य र सृजनामा प्रोत्साहन दिनुपर्ने औँल्याउँदै भक्तपुरमा पछिल्ला समयमा साहित्यिक गतिविधि बढ्नु प्रशंसायोग्य भएको बताए । कार्यक्रममा समाजका अध्यक्ष राजुराम मुनकर्मीको गीति म्युजिक भिडियो लोकार्पण गरिएको थियो ।