खेलकुद

यूएईलाई पराजित गर्दै रोहित र सोमपाल भए कसहुर

मनिष शर्मा/काठमाडौँ । नेपालले दोस्रो एकदिवसयि क्रिकेटमा यूएईलाई १ सय ४५ रनले पराजित गर्दै रोहित कुमार र सोमपाल कामी मसहुर भएका छन् । १–१ को बराबरीमा तीन म्याचको सिरिज भए साथै अन्तिम म्याच भोली हुने भएको छ ।
नेपालले २ सय ४२ रनको लक्ष्य दिएको थियो भने १९.३ ओभरमा यूएईले ९७ रन बनाई सम्पूर्ण विकेट गुमाएको थियो ।
सुरुकै चार ओभरमा सोमपाल कामीले निरन्तर विकेट लिएर यूएईलाई चुनौतीपूर्ण सन्देश दिएका थिए । उनले पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीलाई आउट गर्दै गुलाम सावेरको विकेट तेस्रो ओभरको पाँचौँ बलमै लिए । रोहितले पाँचौँ ओभरको अन्तिम बलमा साइमन अनवर लाई पछार्दै अस्फाक अहमदलाई छैटौँ ओभरको पहिलो बलमा पभेलियनतर्फ पठाए । यूएईका सीपी रिवाज र मोहम्मद उस्मानले पाँचौँ विकेटका लागी २८ रनको लक्ष्य लिए । जसमा सन्दीपले उनीहरुको लक्ष्य तोडदै १५ औं ओभरमै तीन विकेट लिई नेपाललाई जित र यूएईलाई हारको बाटो देखाए ।
सन्दीपले १९ औँ ओभरको पाँचौँ बलमा चौथो विकेट लिए र सोमपाल कामीले २० औँ ओभरको तेस्रो बलमै जहोर खानलाई आउट गर्दै खेलको समापन गरे ।
नेपालले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो भने रोहितको रेकर्डसाथ ६ विकेट गुमाएर ५० ओभरमा २ सय ४२ रन प्राप्त गरेको थियो । पहिलो विकेटका लागी विनोद भण्डारी र ज्ञानेन्द« मल्लको साझेदारी ६१ रनको रहेको थियो र त्यस पछाडी नेपाल निरन्तर विकेट गुमाउँदै गएको थियो ।
मल्ल ४४ रन, भण्डारी २१, दिपेन्द« सिंह ऐरी १०, पवन शरार्फ ८ र पारस खडका २१ रनमा आउट भएका थिए । नेपालको रन स्कोर १ सय १० पुग्दै पाँचौँ विकेटको रुपमा कप्तान खडका आउट भएका थिए । छैटौँ विकेटका लागी साझेदारी गर्दै रोहित कुमार र आरिफ शेख खेलमा निरन्तर्ता दिए ।
रोहितले ५५ रन बनाएर सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्डै तोडदै अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बन्न पुगे र शेख २९ रनमा आउट भए ।

त्यसैगरी सोमपाल प्लेयर अफ दि म्यच बन्न सफल भए ।