राजनीति

नेबिसंघले राजधानीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्दै माग्यो राजिनामा

काठमाण्डौ । नेपाली काँग्रेसको बिद्यार्थी भातृसंस्था नेविसंघले पशुपति क्याम्पसले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । नेकपाले चिकित्शा शिक्षा बिधेयक पास गरेर जनतालाई धोका दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा समेत माग गरेको छ । काठमाण्डौ जिला सभापति  तथा नेबिसंघका नेता मनोज बैद्यको नेतृत्वमा निश्किएका बिद्यार्थीहरुले प्रधानमनत्री ओली नेतृत्वको सरकारले जनतालाई महंगीको मारमा पारेको, निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाही गर्न नसकेको, वाईडबडीका अरबौं रुपैंयाँ अपचलन गरेको, शान्तिसुरक्षा र जनधनको सुरक्षा कायम गर्न नसकेको आरोप लगाउदै प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन भनिएको छ ।


नेबिसंघको काठमाण्डौका अस्कल, त्रिचन्द्र आरआर, शंकरदेव, विश्वभाषा, ल क्याम्पस, थापाथली क्याम्पस, पुल्चोक ईन्जिनियरिङ, बानेश्वर क्याम्पस, मीनभवन क्याम्पस, ताहाचाल क्याम्पस, सरस्वती क्याम्पस आदिमा सरकार बिरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन र राजीनामा माग गरेका छन् । नेबिसंघका नेता यूपी लामिछानेका अनुसार नेकपाको जनता बिरोधी गरिबिधिबिरुद्धमा नेबिसंघले उपत्यकाका क्याम्पसमा बिभिन्नबिरोध, पुत्ला दहन र राजीनामा माग गरिएको बताए ।