समाचार

हत्या, हिंसा, बलात्कार जस्ता अपराध न्यूनिकरणमा देखियो प्रहरीको सकृयता

 काठमाडौँ । देशमा राजनीतिक अस्थिरताले निम्त्याएका विभिन्न विकृति र अपराध रोकथामका लागी नेपाल प्रहरीले सामुदायिक प्रहरी साझेदारी नामक अभियान अगाडि बढाएको छ । तीव्र रुपले बढिरहेको अपराध न्युनीकरणका लागि प्रहरी र समुदायबीचको समन्वयले प्रभावकारी परिणाम ल्याउने सरोकारवालाको बुझाइ छ ।

हत्या, अपहरण, बलात्कार, चेलीबेटी बेचबिखन, डकैती, लागु पदार्थ दुव्र्यसन, बलात्कार लगायत विभिन्न संगठित अपराधले देशभर जरा गाडेको छ । अशिक्षा, जनचेतना अभाव र बैदेशिक रोजगारीलगायतका कारण अपराधको ग्राफ दिनप्रतिदिन उक्लिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तम राज सुबेदीले बताएका छन् । बैदेशीक रोजगारीका कारण श्रीमान र श्रीमतीबीच असमझादारी बढ्दा आपराधिक घटना बढेका पनि उनले बताए । आमाबाबु नै दिशाहीन बन्दा तिनका सन्तान विभिन्न किसिमका दुव्र्यसनमा फसिरहेका छन् । उनका अनुसार गरिबीका कारण प्रलोभनमा परी बालबालिका तथा चेलीबेटी बिदेशमा बेचिने क्रम बढ्दो छ । यस्ता जघन्य अपराध रोकथाम गर्न जनतामा सचेतना मुलक कार्यक्रमको आवश्यक्ता महसुस गरी नेपाल प्रहरीले सामुदायिक प्रहरी साझेदारी नामक अभियान अगाडि बढाएकोसमेत उनले जनाएका छन् । जनचेतना कार्यक्रममा प्रहरी, स्थानीय सरकार, समाजसेबी, संचारकर्मी र विभिन्न सामाजीक संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको सुबेदीले थपे ।

देशभर बढ्दै गएको अपराधको रोकथामका लागी प्रहरीद्वारा चालीएको सामुदायीक प्रहरी साझेदारी अभियान सराहनीय रहेको सर्वसाधारण पनि बताउँछन् । नेपाल प्रहरीले विगतमा पनि अपराध नियन्त्रणमा राम्रै काम गरेको उनीहरूको बुझाइ छ । सामुदायीक प्रहरी साझेदारी अभियानमा जनताले पनि साथ दिनुपर्ने उनीहरूको भनाइ छ । तर अपराधीलाई उचित सजाय र निर्दोषलाई न्याय दिन प्रहरी कुनै हालतमा चुक्नु नहुने पनि उनीहरू बताउँछन् ।

देशमा शान्ती स्थापनाका लागी जनतामा शिक्षा, स्वास्थ्य, मानवीय संस्कारलगायत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न अति आवश्यक रहेको देखिएको छ । तर तिनको प्रभावकारिता भने सुरक्षाका लागि खटिएका प्रहरी र नागरिकबीचको समन्वयबाट मात्र सम्भव छ ।
नागरिकस्तरमा प्रहरीलाई पुर्याएर शान्ती सुरक्षा कायम गर्नु र यस्ता बिभिन्न प्रकारका सामाजिक अपराधहरुको न्यूनिकरण गर्नु प्रहरीले आफ्नो दायीत्य सम्झेर लागि परेको प्रवक्ता सुबेदीको तर्क छ ।

साना साना घटनामा समेत आईजीपी सवेन्द्र खनालले सकृयता देखाएर अपराध न्यूनिकरणमा लाग्नु पनि प्रहरीको सह्रनीय कदमका रुपमा हेनुपर्छ भने पछिल्ला दिनमा बढेका अपराधहरु भिन्न प्रकृतिका भएको पनि स्वीकार्नैपर्छ ।