पर्यटन/संस्कृति

बिमानस्थलका सम्पूर्ण उडानहरु चिसोका कारण बन्द, आकास खुलेपछि संचालनमा आउछ– बिमानस्थल

काठमाण्डौ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय उडान भर्ने त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरु बन्द भएका छन् । बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बाहिरबाट काठमाण्डौ आउने बिमानहरुलाई नजिकैको बिमानस्थलमा डाईभर्ट गर्न भनिएको छ । सिमसिम पानी परेको अवस्था भएपनि भिजिविलिटि १०० मिटरमात्र छ, सामान्यतयाँ बिमान शुचारु हुन १५०० मीटर भजिविलिटीको आवश्यक्ता हुन्छ ।
देशभर सिमसिम पानी र हिमपातका कारण कतिपयस्थानमा बिद्यालयहरु बन्द भएका छन् भने यातायातहरु अबरुद्ध छन् । यसैबीच यो बर्ष त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलका उडानहरु बन्द भएका छन् । आकाश खुलेपछि बिमानस्थल खुल्ने भनिएपनि आज मौसम त्यति अनुकुल हुने सम्भावना देखिदैन । यानिकी मौसममा आउने परिवर्तन संगै बिमानहरु उड्ने या ल्याण्ड हुने बिमान्स्थलले बताएको छ ।