समाचार

बनभोज खाएर फर्किएका एसपी पोख्रेलको निधन, गम्भिर घाईते भएका सिडिओ सापलाई काठमाण्डौ ल्याउने तयारी

निजगढ, बाह्रा । कर्मचारी मिलन केन्द्रको बनभोज कार्यक्रमबाट कलैया फर्कने क्रममा गाडी दुर्घटनामा परि बाह्रा शसस्त्र प्रहरीका प्रमुख एसी बलराम पोख्रेलको घटनास्थमा नैनिधन भएको छ भने बाह्राका प्रमुख जिल्ला अधिकारी गशोश भट्टराई गम्भीर घाईते भएका छन् । बा१ झ १६३३ नम्बरको प्रमुख जिल्ला अधिकारी चढेको गाडी पसाहा खोलामा रोकिराखेको नाम नखुलेको ट्याक्टरसंग ठोकिँदा दुर्घटना भएको थियो ।
समरा उपमहानगरपालीका र निजगढ नगरपालीकाको बीचमा पर्ने घटना स्थल जितपुरमा र्दुघटनामा परेका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई थप उपचारका लागि काठमाण्डौ काठमाण्डौ ल्ययाउन लागिएको बताइएको छ । गाडिमा सवार प्रहरी जवान शम्भू गुरुगं रचालक जगत राउत भने सामान्य घाईते भएको प्रहरीले बताएको छ ।
केहीदिन जन्ती लिएर फकिएको बस दुर्घटनामा परेर निानन भएको थियो भने बनभोजबाट फर्किदा समेत दुर्घटना भएका समाचाहरु दैनिक रुपमा आईहेका छन् ।

-प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई