राजनीति

भ्रष्टाचार र महिलाहिंसा विरुद्ध विवेकशील साझा आक्रमक रुपमा प्रश्तुत हुने

काठमाडौँ । विवेकशील साझा पार्टीले आफ्नो पार्टीलाई कल्याणकारी लोकतन्त्रको दिशामा डोहो¥याउँदै सुदृढ, रचनात्मक र एकताबद्ध बनाएर लैजाने घोषणा गरेको छ ।

आज सम्पन्न भएको उक्त पार्टीको राष्ट्रिय सन्देश भेलाले नेपालको राजनीतिक र समृद्धमुखी रूपान्तरणलाई सुनिश्चित गर्ने दृढता र प्रतिबद्धता व्यक्त गरेको छ । पार्टी विभाजनलाई शिक्षाका रुपमा ग्रहण गर्दै विवेकशील साझा पार्टीले एकता, ऊर्जा र आह्वानसहित पार्टीलाई सुदृढ विकल्पका रुपमा स्थापित गर्ने सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

भेलाले जनताको जनजीविकासँग सम्बन्धित महत्वपूर्ण मुद्दामा जनतासँगै रहेर विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानअन्तर्गत भ्रष्टाचारविरुद्धको अभियान, सुशासनका लागि अभियान, महिलाहिंसा विरुद्धको अभियान, जातीय भेदभाव विरुद्धको अभियान, उद्यमशीलता प्रवर्धन अभियान, सामाजिक सद्भाव र एकताका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

भेलामा देशभरीबाट आएका झण्डै ५०० पार्टीका अगुवा सदस्य तथा अभियन्ताको सहभागिता रहेको थियो ।