आर्थिक

बार्षिकोत्शवः “बचत गरौँ” भन्ने नाराका ग्लोबल आईएमईको प्रभातफेरी

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले १२ औँ बर्ष पूरा गरि १३ औँबर्षमा प्रबेश गरेको अवसरमा बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि बिभिन्न कार्यक्रमको अयोजना गरेको छ । १२औँ बार्षिकोत्सवको अवसरमा बैंकले शनिबार राजधानीमा वित्तीय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीरहस्पिटल, जमल हुंदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

बैंकले काठमाण्डौँ उपत्यकामा मात्र नभएर काठमाण्डौ बाहिर बिभिन्न ठाउँहरु, बिराटनगर, लाहान, नारायणघाट, बुटवल, पोखरा, नेपालगञ्ज, लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो ।

१२औँ वार्षिकोत्सवमा विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि रक्तदान एवम् निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ ।

२०६३पौष १८गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एकदशकको अवधीमा ग्लोबल आइएमई बैंकले बैंक अफ द इएरअर्वाड, बेष्ट इन्टरनेट बैंकिङ्गअर्वाड, रबेष्ट इम्प्लोयर अवार्ड लगायतबाट समेत सम्मानित भईसकेको छ । १३३ शाखा, १४२ एटिएम, ३ वटा देशमा सम्र्पक कार्यालय, ७ बटा एक्टेन्सन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवारहेको ग्लोबल आइएमई बैंकले ९ लाख ५० हजार भन्दा बढि ग्राहकलाई सेवादिँदै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउदै देशको अर्थ व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।