समाचार

प्रम ओली स्वदेश फिर्ता, बिमानस्थलमा नेबिसंघको कालो झण्डा प्रदर्शन, प्रदर्शनकारी पक्राउ

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश र्फिर्कका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई आज बिहान स्वेदश फकिएका हुन् । गोबिन्द केसीसंगको सम्झौता बिपरित चिकित्शा शिक्षा बिधेयक पास भएको बिषयमा पत्रकारको प्रश्नको उत्तर प्रधानमन्त्रीले खुलेर दिएनन् उनले भने संविधान, कानून र संस्थाहरुभन्दा माथि कोही छैन । सबैले यसलाई मर्यादा गर्न सिक्नुपर्छ । देश भन्दा ठूलो केही छैन, कुनैचिजको प्रकृया हुन्छ, समय आएपछि आवश्यक्ता अनुसार सबै ठीक हुन्छ । प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दहालले भेनेजुओलाका बिषयमा दिएको राजनीतिक बिषयका बारेमा आफूले पछि बरझेर कुरा गर्ने जानकारी दिएका छन् ।

डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो । मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए ।

उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० जस्ता क्षेत्रीय सङ्गठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवर्धनमा योगदान पुग्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले नेपालको लोकतन्त्र र स्वतन्त्र प्रेसका पक्षमा आफूले आधा शताब्दीभन्दा बढी सङ्घर्ष गरेको उक्त मञ्चमार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्ती ओलीलाई चिकित्शा शिक्षा बिधेयक पास गराएकोमा बिरोध गर्दै नेपाली काँग्रेसको भातृसंस्था नेविसंघले कालो झाण्डा देखाएको छ । कालो झण्डा देखाउने क्रममा केही नेबिसंघका नेताहरु पक्राउ परेको समाचार समेत सुर्यखबरलाई प्राप्त भएको छ । प्रधानमन्त्रीलाई बिमानस्थलमा स्वागत गर्न पार्टीका उपनेता सुवासचन्द्र नेम्वाङ र सरकारका तर्फबार उपप्रधानमनत्री ईश्वर पोख्रेलपुगेका थिए ।