राजनीति

संसदिय पद्धतिको रक्षाको लागि काँग्रेस जस्तोसुकै मूल्य चुकाउन तयार छः नेता सिंह

काठमाण्डौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक जवरजस्ती पारित गरेको बताएका छन् ।
किङ्ग कम स्पोर्टस क्लबले आज यहाँ आयोजना ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उनले संसदले असवैधानिक तवरले जवरजस्त रुपमा पारित गर्नु सभामुखको भूमिकामाथि प्रश्न उठेको बताए । “बहुमतको आधारमा चिकित्सा शिक्षा विद्येयक पारित गर्नु संघीय संसदको गरिमाअनुसार संसदीय अभ्यास भएन,”–उनले भने ।
संसद विपक्षीको पनि भएको भन्दै संसदीय व्यवस्थाअनुसार सभामुख निपक्ष्य रुपमा सबैलाई आफ्नो राय सुझाव राख्नुपर्ने अवसर दिनुपर्ने उनको भनाई थियो । “नाराबाजीका विचर विद्येयक पारीत गरिनु असंसदीय अभ्यास हो,”–नेता सिंहले भने । कांग्रेस यस्तो असंसदिय ब्यहार को बिरुदमा ससक्त रुपमा प्रसतुत हुनेछ संसदिय पद्धतिको रक्षाको लागि आफुहरु जस्तोसुकै मूल्य चुकाउन समेत तयार रहेको सत्तापक्क्ष लाई चेतावनी समेत दिएका छन् । संसदि ईतिहास मै हिजोको दिन दुखद रहेको उनको भनाइ रहेकोछ ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले काँग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई स्वीकृती नदिनु राजनीति पूर्वाग्रह भएको बताए ।
११ संघ संस्थालाई स्वीकृतीको लागि मन्त्रीपरिषद्मा प्रस्ताव लैजाँदा गणतन्त्र स्थापना र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने दुई पूर्वप्रधानमन्त्रीको नाममा स्थापित अस्पताललाई स्वीकृत नदिएर सरकारले ठूलो गल्ती गरेको उल्लेख गरे ।