प्रवास

कृष्ण वलिलाई कतारमा कार्यरत नेपालीहरुले गरे सहयोग, प्रदीपले गरे हस्तान्तरण

काठमाडौं । करेन्ट लागेर आफ्नो दुई हात एक खुट्टा गुमाएका कृष्ण ओलीलाई मदन पौडेलको अगुवाइमा कतारका बिभिन्न कम्पनिमा काम गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं युवा नेता प्रदिप पौडेलको नेतृत्वमा गएको टोली ओली बसेकै घरमा पुगेर संकलित रकम हस्तान्तरण गरेका हुन् ।

युवा नेता पौडेलले ओलीको स्वास्थ लाभको कामना गर्दै उनको उपचारको लागी आर्थिक सहयोग गर्न सबैलाई अपिल गर्दै भने, ‘अब ओली एक्लो छैनन् । देश विदेशमा रहेका हरेक नेपाली मिलेर उनलाई सहयोग गर्नुपर्छ । कृष्ण जी निरास नहुनुस् ।’ हस्तान्तरण कार्यक्रममा विद्यार्थी नेता सुशील भट्टले कृष्ण वलिको जस्तो उपचारका लागि आर्थिक अभाब का कारणले उपचार बाट बन्चित हुने समस्या समाधानका लागि सरकारले नितिगत रुपलेनै समाधान खोज्नुपर्ने सबालमा जोड दीदै, कृष्णको सहयोगका लागि चालिएको सहयोग अभियान उदाहरणीय र अनुकरणीय रहेको बताए ।

कतारमा विभिन्न कम्पनीमा कार्यरत नेपालीहरु मदन पौडेल सम्योजनमा मिलेर उनलाई एक लाख छयालिस हजार एक सय साठी रुपैयाँ सहयोग पठाएका थिए । कृष्णकी श्रीमती रुपा ओलीको हिम्मतको प्रशंसा गर्दै उनीहरु एक आदर्श जोडिको रुपमा आफूहरुले लिएको नेताहरुले बताए ।

संसारभर छरिएर रहेका नेपालीहरुले सहयोगस्वरुप पठाएको सहयोग रकम करिब एक करोड पुगेको परिवारिक स्रोतले बतायो । कृष्ण र रुपाले आफूहरुलाई सहयोग गर्नेहरु प्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिए । शुसान्त आचार्यबाट