समाचार

मसँग भएको सहमतीबिरुद्धमा ‘विधेयक पासभयो, राम्रो भएनः डा. केसी

काठमाडौँ । अनशनरत डा गोविन्द केसीले प्रतिनिधिसभाबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले चिकित्सा क्षेत्रको दीर्घकालीन सुधारको मार्ग पहिल्याउन नसक्ने टिप्पणी गरेका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले चिकित्सा क्षेत्र सुधारका लागि यसअघि आफूसँग भएका सम्झौताको प्रतिकूल हुने गरी विधेयक पारित भएको आरोप लगाएका छन् । विधेयकले गुणस्तरीय र सर्वसुलभ सेवा पाउने नागरिकको अधिकारलाई कुण्ठित गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।