आर्थिक

एन आई सी एशिया बैंकद्वारा स्कुललाई कम्प्युटर हस्तान्तरण

काठमाण्डौ । एन आई सी एशिया बैंकले केहि थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा काठमाण्डौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित भाग्योदय मा. वि.लाई केहि थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

प्रतिनिधी सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति माननिय शशी श्रेष्ठको प्रमुख आथित्यता तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर  शिवराज श्रेष्ठको विशेष आथित्यतामा  शशि श्रेष्ठ, शिवराज श्रेष्ठ तथा बैंकका प्रमुख जन सम्र्पक अधिकृत अर्जुन राज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु के सी र प्रधानाध्यापक रुसण बसीलाई सयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण गरे ।

विद्यालय लक्षित यस्ता संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमले विद्यार्थीहरुको पठनपाठन तथा कम्प्युटर शिक्षामा सहयोग पु¥याउने हुनाले उक्तकार्यको  शशी श्रेष्ठले प्रशंसा गरे । सो कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले नेपालकै सर्वोत्कृष्ठ उदारणीय बैंकिङ्ग गरिरहेको एन आई सी एशिया बैंकले गरेको यस्ता सामाजिक उत्तरदायित्वको खुलेर प्रशांसा गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं् २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।