पर्यटन/संस्कृति

अर्बौंका भ्रष्टाचारी पर्यटन मन्त्री रबिन्द्र अधिकारीलाई अब पोखरा निशेधः तरुण दल

पोखरा । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री रविन्द्र अधिकारीलाई पोखराका जनताले आफ्नो गृहजिल्ला प्रवेशमा रोक लगाउन आग्रह गरेका छन् । तरुण दलले गरेको सातै प्रदेशको सरकार बिरुद्धको आन्दोलनको चौथो दिन गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजीत प्रदर्शनलाई सम्बोधन गर्दै आफूले पहिलेदेखी नै पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी यस्तो भ्रष्टाचार गर्ने जस्तो नलागेको विचार ब्यक्त गरेका छन् । अध्यक्ष बस्नेतले वाईडबडी भ्रष्टाचारमा रवीन्द्र अधिकारीले ४ अर्ब ३५ करोड मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमिशन बुझाएका कारण प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

 

पर्यटकीय नगरी पोखराको चिपलेढुंगादेखी पृथ्वीचोकसम्म केपी चोर देश छोड, अब आउने हैजा केपी ओली लैजा, रवीन्द्र अधिकारीलाई पोखरा प्रवेश गर्न निशेध गरौं, निर्मला पन्तको बलात्कारी र हत्यारालाई फाँसि दे, नेपाली काँग्रेस जिन्दाबाद, तरुण दल जिन्दाबाद, डा गोबिन्द केसीका माग पुरा गर जस्ता नाराहरु लगाउदै दशौं हजार कार्यकर्तामाझ उपाध्यक्ष उत्तम चापागाई, महासचिव भूपेन्द्रजंग शाही, कोशाध्याक्ष विद्वान गुरुगं, काँग्रेस केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, तरुण दल कास्की अध्यक्ष मनोज गुरुगं, लजमुगं अध्यक्ष रमेश पाण्डे लगायत गण्डकी प्रदेश भित्र पर्ने अधिकांस जिल्ला अध्यक्षहरुलगायत नेताहरुले ओली सरकारको तीब्र बिरोध गर्दै सम्बोधन गरेका छन् ।


महासचिब शाहीले रवीन्द्र अधिकारीको नाम वाईड अधिकारी वा रवीन्द्र भ्रष्टाचारी राख्न जनता अग्रशर हुनुपर्ने बताए भने कोषाध्यक्ष गुरुगंले हिजो भ्रष्टाचार गर्ने वाइसियलका कार्यकर्ताहरुले आज भ्रष्टाचारमा मुछिएका रवीन्द्र अधिकारी पोखरा आउँदा कालोमोसो दल्नुपर्ने विचार ब्यक्त गरेका छन् । उपाध्यक्ष उत्तम चापागाईले जंगलबाट हिरो बनाउने माओबादी अध्यक्ष पुष्पकमल दहाल र कोईरालाद्वय गिरिजा प्रसाद र शुसीलले बनाएको संबिधानलाई टेकेर प्रधानमन्त्री हुने केपी शर्मा ओलीले उहाँहरुका नाममा खोलिएका अस्पतालको नाम परिवर्तन गर्ने दुश्प्रयास गरे तरुण दललाई असह्य हुने बताएका छन् ।

१२ गते प्रदेश नम्बर ५ को राजधानी बुटबलमा हुने तरुण दलको प्रदर्शनमा केन्द्रीय नेताहरु आजै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।