समाचार

तरुण दलको भ्रष्टाचार, वाईडबडी बिरुद्ध पोखरामा दशौं हजार उतार्ने तरुण दलको तयारी पुराः अध्यक्ष बस्नेत

पोखरा । नेपाल तरुण दल कास्कीले देशमा महँगीका साथै नीतिगत भ्रष्टाचार र कर आतङ्क बढिरहेको आरोप लगाउँदै आज प्रदेश नं. ४ को राजधानी पोखरामा ब्यापक प्रदर्शन गर्ने भएको छ ।

यतरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, महासचिब भूपेन्दजंग शाही, उपाध्य उत्तम चापागाई, कोषाध्यक्ष विद्वान गुरुगं लगायत तरुण दलका केन्द्रीय नेताहरु हिजो साँझ नै पोखरा आईसकेका छन् । पोखराको आजको कार्यक्रम पश्चात नेताहरु प्रदेश नम्बर ५ को कार्यक्रमको लागि आजै त्यातातिर लाग्ने कार्यक्रम छ । दलका जिल्ला अध्यक्ष मनोज गुरुङले सरकारले निर्मला पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन नसकेको जनाउँदै दोषीलाई कारवाही र मानवाधिकार तथा प्रेस स्वतन्त्रता आदिको रक्षाका लागि दशौँ हजार कार्यकर्ताका साथमा आन्दोलन गरिने बताए ।

दलका पूर्वकेन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले सरकारले काम गरोस् भन्ने उद्देश्यका साथ प्रतिपक्ष अहिलेसम्म चुप लागेर बसेको बताउँदै लोकतन्त्रको रक्षा र कानूनी राज्यको स्थापनाका पक्षमा तथा महँगी र भ्रष्टाचारविरुद्ध चुप लागेर नबस्ने पत्रकार सम्मेलन मार्फत चेतावनी दिएका थिए ।
केन्द्रीय अध्यक्ष बस्नेत लगायत देशब्यापी रुपमा आन्दोलनमा निश्किएका छन् ।