पु.समाचार

जिवनरक्षाका लागि तत्काल डा केसीसँग वार्ता गर्न चिकित्शक संघले जारी गर्यो विज्ञप्ती

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले अनशनरत डा गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारसँग आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले विज्ञप्ति जारी गरी डा केसीसँग छलफल गर्न सरकारका तर्फबाट वार्ता समिति गठन नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । सङ्घले डा केसीको जीवन रक्षाका लागि तत्काल कदम चाल्नसमेत सरकारसँग आग्रह गरेको छ ।

इलाममा स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै अनशर बसिरहेका डा केसीलाई केहीदिन अगाडि शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ भने उनको माग पुरा गर्नेतिर सरकारकने अभिब्यक्तीहरु आईरहेको छैन ।

उनी शिक्षण अस्पतालमा नै अनशन बसिरहेका छन् ।