समाचार

तीन करोड नेपालीलाई अध्यक्ष बस्नेतको आग्रहः ३३ किलो सुन खोज्न प्रधानमन्त्री ओलीकोमा जाऔं

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले ३३ किलो सुन खोज्न प्रधानमनत्री केपी शर्मा ओली र नेकपान अध्यक्ष पुष्पकमल दहालकोमा जान नेपाली जनतालाई आग्रह गरेका छन् । सातै प्रदेशमा भ्रष्टाचार, वाईडबडी बलात्कार लगायतका ओली सरकारका कदम बिरुद्धमा आज प्रदेश नम्बर ३ को राजधानी डेटौमा भएको तरुण दलको बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले उक्त आरोप लगाएका हुन् । ३३ किलो सुन काण्डको फायल वालुवाटारमा अड्केको छ यसको छानबिन किन भएन उनले प्रश्न गरेका छन् । छानबिन भएर सुन तस्करीलाई कारबाही नभए प्रधानमनत्री ओलीकै संरक्षणमा अपराधी भएकाले उनीहरुलाई जोज्न त्यतै जान तीन करोड नेपाली जनतालाई आग्रह गरेका छन् ।

अध्यक्ष बस्नेत, महासचिव शाही लगायत हेटौंडाको बिरोध प्रदर्शनमा अगुवाई गर्दै

अध्यक्ष बस्नेतले दशौं हजार तरुणहरुका साथमा भने ओली सरकारले नेपाली जनताकाबीचमा तिर्ने नसक्नेगरी कर बृद्धी गरेको, कञ्चनपुकी १३ बर्षीया बालीका निर्मला पन्तको बलात्कारी र हत्यारालाई संरक्षण गरेको, वाईडबडी भ्रष्टाचारमा लेखासमितिले कारबाही गर्न सिफारिस गरेका ब्यक्तीहरुलाई उन्मुक्ती दिएको लगायतका आरोपहरु लगाउदै नेपाली जनताका बिरुद्धमा लाग्ने जोकोहीलाई तरुण दलले नछाड्ने चेतावनी दिएका छन् । प्रदर्शनमा उपाध्यक्ष उत्तम चापागाई, महासचिव भुपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्वान गुरुगं, प्रदेश नम्बर ३ का संसदीय दलका नेता इएन्द्रबहादुर बानियाँ लगायत नेताहरुले सम्बोधन गरेका थिए ।