सूचना प्रविधि

नयाँ प्रविधिलाई समेत समावेश ‘गर्दै क्यान इन्फोटेक’ मेला हुने

काठमाडौँ । सूचना प्रविधिसम्बन्धी मेला ‘सुबिसु क्यान इन्फोटेक’को २५औँ संस्करण यही माघ १५ देखि २० गतेसम्म हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि नागरिकसम्म पु¥याउने उद्देश्यले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले सो मेला आयोजना गर्न लागेको हो । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई सेवा’ नाम दिइएको उक्त मेलाको तयारी पूरा भएको क्यान महासङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा ६ दिनसम्म सञ्चालन हुने उक्त मेलामा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न स्वदेशी र विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ । मेला अवलोकनकर्ताले एकै थलोमा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने छन् । कूल १७५ कक्ष रहने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसीटी कलेज तथा तालीम प्रदायक संस्थाको सहभागिता रहनेछ ।

पत्रकार सम्मेलनमा क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले विगतमा जस्तै यस पटक पनि मेलामा प्रविधिका नयाँ आविष्कार, रोबोट प्रदर्शनी तथा कृषि उत्पादनमा प्रविधिको प्रयोगसम्बन्धी आविष्कारलगायत बारे जानकारी गराइने बताए । मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउने छन् । बम्पर पुरस्कारबापत इण्डोनेसियाको बाली र थाइल्याण्डको बैंकक भ्रमणका लागि एक÷एक जोडीले दुई रातका लागि खाने बस्नेसहित जान–आउने टिकट पाउनेछन् । मेलाको सह–आयोजक ई–सेवाबाट यी सबै सुविधा उपलब्ध गराइने कम्पनी बजार व्यवस्थापक अरुण फुयाँलले जानकारी दिए ।

यस्तै दैनिक पुरस्कारअन्तर्गत काठमार्डौँमा प्याराग्लाइडिङ, त्रिशूलीमा ¥याफ्टिङ, पोखरामा बन्जीजम्पलगायत सुविधा प्रदान गरिनेछ । मेला अवलोकनका लागि सर्वसाधरणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीका लागि रु ५० तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले रु १०० शुल्क तिर्नु पर्नेछ । मेलालाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रुपमा उपयोग गर्नसक्ने क्यान महासङ्घका महासचिव रञ्जीतकुमार पोदारले बताए।

यस पटकको मेलामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरिनेछ । त्यस्तै नयाँ–नयाँ सफ्टवेर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रालि र एसोसिएट प्रायोजक ई–सेवा रहेको छ । मेलामा विशेष आकर्षणको रुपमा मेलामा रहने राबोटिक्स क्षेत्रमा पाँच दिनसम्म रोबोट ब्याटल प्रतिष्पर्धा गरिनेछ । प्रभु इन्स्योरेन्सले प्रदर्शनीस्थल र स्टलको रु दुई करोडको बीमा गर्नेछ भने अवलोकनकर्ताका लागि पनि दुर्घटना बीमा सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।