आर्थिक

एन आई सी एशिया बैंकद्वारा सुनसरी प्रहरीलाई चेकिङ्ग बोर्ड हस्तान्तरण

काठमाण्डौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बिहीबार सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड ब्यारीकेडहरु एवं् १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ । सुनसरी जिल्लाको सुरक्षामा सहयोग स्वरुप एन आई सी एशिया बैंक लिमिटेडबाट १४ थान रोड ब्यारीकेडहरु एवम् १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा एन आई सी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख श्री लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरे ।

बैंकले मुलुकभर फैलिएको आफ्नो २७५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ । यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं् २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।