बाग्मती

विकटका विद्यार्थीलाई शैक्षिक समाग्री र कपडा वितरण

मुग्लिन । चितवनका इच्छाकामना गाउँपालिकाको विकटमा रहेको एक विद्यालयका विद्यार्थीलाई अनन्त आशा नेपालले शैक्षिक समाग्री र कपडा वितरण गरेको छ ।

उक्त संस्थाका संयोजक तारा महर्जनसहितको टोलीले वडा नं २ काउलेमा रहेको आधारभूत विद्यालयका १९३ विद्यार्थीलाई बुधबार कापी, कलम, झोला र ट्राउजर वितरण गर्नाका साथै विद्यालयका बालबालिकालाई खाजा पनि खुवाएको थियो ।

कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा १९३ मध्ये ७३ प्रतिशत चेपाङ बालबालिका रहेको प्रधानाध्यापक पदमबहादुर चेपाङले बताए । जाडोमा न्यानो कपडा लगाउन नसक्नु र कापी कलम किन्ने पैसा नहुँदा विद्यार्थी नियिमित विद्यालय नआउने उनले बताए । कापी, कलम, झोला र कपडा पाएपछि बालबालिका खुशी भएका छन् ।