राजनीति

तरुण दलको दाबीः ओली सरकारको दुईतिहाई मतले मधेशीलाई हेप्यो, हामी साथमा छौं

जनकपुर । नेपाली काँग्रेसको ब्याकबोनको रुपमा रहेको नेपाल तरुण दलले आज दोस्रो दिनको भ्रष्टाचार बिरोधी, बलत्कार बिरोधी महंगी बिरोधी लगायत ओली सरकार बिरोधी आन्दोलन जनकपुरमा समपन्न गरेको छ । मंगलबार बिराटनगरमा सम्पन्न गरेको आन्दोलन दोस्रो दिन जनकपुरमा गरेको हो । ८ गतेबाट १४ गतेसम्म ७ दिन गरिने देशब्यापी आन्दोलन अन्तिम दिन सूदुरपश्चिम प्रदेश धनगढीमा गएर समाप्त हुने तरुण दल केन्द्रीय समितिले बताएको छ ।

नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओली सरकारको विरोधमा प्रदेश केन्द्रीत आन्दोलनमा केन्द्रीत भएको छ । आज तरुण दलले प्रदेश २ को जनकपुरमा सरकारको गलत प्रवृतिका विरुद्ध हजारौं युवालाई सडकमा उतार्यो । तरुण दल केन्द्रीय समितिको आयोजना र धनुषा जिल्लाको संयोजनमा जनकपुरको पार्टी कार्यालयबाट हजारौं युवाहरुको र्याली सहित नाराको साथ जुलुस भानु चोकमा गएर कोण सभामा परिणत भएको थियो ।

देश २ का आठ जिल्लाका सभापतिसहितको हजारौंको संख्यामा सरकार विरोधी आन्दोलनमा सडकमा ओर्लिएको सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले सरकारका गतिविधि जनविरोधी भएकोले सच्चिन अवसर दिन प्रदेशबाट खबरदारी गर्ने निर्णयकासाथ आन्दोलन लिएर हिडेको बताएका छन् ।

अध्यक्ष बस्नेतले दुई तिहाइ बहुमतको केपी ओली सरकारले मधेश जनताका मुद्धालाई बेवास्ता गरेको, हेपेको भएर मधेशी लगायतको अधिकारका लागि तरुण दल सडकमा आएको बताउँदै उनले मधेशको पक्षमा दुई तिहाइ बहुमतको नेकपा सरकार नदेखिए पनि तरुण दल साथमा रहेको उल्लेख गर्दै जनकपुरको जलेश्वर र काठमाडौंको बानेश्वर जोड्ने पुल तरुण दल भएको विचार ब्यक्त गरेका छन् ।
उनले सरकार सच्चिएर अघि बढ्नुपर्ने, करको दायरा सरल बनाउनु पर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । ।

सभामा कांग्रेस केन्द्रिय सदस्य आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादव, तरुण दलका केन्द्रिय उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही र  कोषाध्यक्ष विद्वान गुरुङ लगायत आठ जिल्लाका स्थानीय नेताहरुको सहभागिता रहेको थियो । मंगलबार प्रदेश १ को विराटनगरबाट विरोधका कार्यक्रम सुरु गरेको तंरुण दलले १० गते हेटौंडा, ११ गते पोखरा, १२ गते बुटबल र १३ गते सुर्खेतमा विरोध कार्यक्रम गर्ने तयारी गरेको केन्द्रिय कोषाध्यक्ष विद्वान गुरुङले जानकारी दिए।

नेबिसंघको म्याद सकिएर पटक पटक थपेपनि अर्को शसक्त भातृसंस्था तरुण दलले एक्लै ओली सरकारलाई आछु आछु पारेको छ । पदाधिकारी तथा सदस्यहरुको पूर्णता नभएपनि देशभर सातै प्रदेश र केन्द्र सरकारलाई दबाब दिन तरुण दलले काँग्रेसलाइ ठूलै मद्दत गरेको काँग्रेस नेताहरु बताउछन् ।