समाचार

नाष्टका उपकुलपति श्रेष्ठको पदभार ग्रहण

ललितपुर । प्राज्ञ डा सुनिलबाबु श्रेष्ठले आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)को उपकुलपतिको पदभार ग्रहण गरेका छन् । यही माघ २ गते नियुक्त हुनुभएका श्रेष्ठले आज नाष्टको उपकुलपतिको पदभार ग्रहण गरेका हुन् । उनी चार वर्षका लागि नियुक्त भएका हुन् ।

श्रेष्ठले पदबहाली गरेसँगै ‘विज्ञान समाजका लागि’ भन्ने मूल नाराका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै दुई महीनाभित्र नाष्टको रणनीतिक योजना बनाउने जानकारी दिए । उनले भने, “विज्ञानमा युवा र महिलालाई केन्द्रीत गराउने तथा नाष्टमा वैज्ञानिक परियोजना केन्द्र निर्माण गरी वैज्ञानिक परम्परागत प्रविधिको खोजी गर्ने छु ।” कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहले नाष्टलाई वैज्ञानिक क्षेत्रको उत्कृष्ठ केन्द्र बनाउनुपर्नेमा जोड दिए ।