गण्डकी प्रदेश

उपप्रमुख गुरुङद्वारा विद्यालयमा एक लाखको अक्षय कोष स्थापना

कास्की । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा–८ स्थित जनप्रिय माध्यमिक विद्यालयमा  एक लाखको अक्षय कोष स्थापना गरेका छन् ।

विद्यालयको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना गर्नुहुँदै उहाँले सोबाट विद्यालयमा अध्ययनरत एकल महिलाका छोराछोरीलाई वर्षेनी छात्रवृत्ति प्रदान गर्ने बताए ।

बुबाको निधन हुँदा मेरी आमा २३ वर्षको थिए । आमाले मलाई धेरै दुःखकष्ट गरेर हुर्काए, बढाए उनले भने,“अक्षयकोषबाट एकल महिलाका छोराछोरीलाई शिक्षामा सहयोग पु¥याउन छात्रवृत्ति प्रदान गर्नेछु ।  पोखरा महानगरपालिकाभित्र १७८ संस्थागत र २११ सामुदायिक विद्यालय रहेको र संस्थागत विद्यालयमा ८५ हजार ७२० तथा सामुदायिकमा ४१ हजार ७०० विद्यार्थी अध्ययनरत रहेका छन् ।