बाग्मती

गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रलाई १० लाख सहयोग

काठमाडौँ । समाजसेवी निरा वैद्यले आफ्ना पिता गणेशबहादुर ख्वाखली र माता लक्ष्मीबाबा ख्वाखलीको स्मरणमा गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रलाई रु १० लाख प्रदान गरेका छन् ।

केन्द्रले नुवाकोटस्थित सुइरेचौरमा निर्माण गर्न लागिएको भवनका लागि वैद्यले मातापिताको नाम रहने गरी उक्त सहयोग प्रदान गर्नुभएको केन्द्रका सदस्य किरण वैद्यले जानकारी दिए । समाजसेवी वैद्य वियोगीको जेठी बुहारी छन् ।

त्यसैगरी सावी पहाडीले पनि सो भवन निर्माणका लागि रु ३१ हजार उपलब्ध गराउनुभएको केन्द्रले जनाएको छ । वियोगीले पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पु¥याएका कारण शिवपुरी गाउँपालिकाकाले स्थानीय गुर्जेभञ्ज्याङदेखि सुइरेचौरसम्मको सडकको नाम ‘वियोगी मार्ग’ नामाकरण गरेको छ । वियोगी राष्ट्रिय समाचार समितिको संस्थापक सदस्यसमेत थिए ।