समाचार

एक भारतीयसहित दुई जना पक्राउ

गौशाला । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु राय रहेका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । भन्सार छलेर कपडा ल्याउँदै गरेका दुवैलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय भिट्ठामोड पठाइएको छ ।

चौध लाख जरिवाना असुल

नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रले विद्युत् चोरी गर्नेबाट रु १४ लाख जरिवाना असुल गरेको छ । नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वर वितरण केन्द्रका प्रमुख माधवेन्द्र यादवका अनुसार चालू आवको ६ महीनामा जिल्लामा विद्युत् चोरी गर्ने १५८ जनालाई कारवाही गरी सो रकम असुल गरिएको हो ।

उहाँले जिल्लाको विभिन्न ठाउँमा हुकिङ, मिटरमा गडबडी र अन्य विभिन्न तरिकाले विद्युत् चुहावट ९चोरी० गर्दै आएका व्यक्तिलाई वितरण केन्द्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीसँगै खटिएका विद्युत् चुहावट नियन्त्रण ९प्राविधिक कर्मचारीसहितको० टोलीले पक्राउ गरी कारवाही गरेको हो । विद्युत् महसुल नबुझाउने ९४६ ग्राहकको लाइनसमेत काटिएको छ । जलेश्वर वितरण केन्द्रअन्तर्गत ५५ हजार ६७२ ग्राहक छन् ।