लुम्बिनी

अध्यक्ष सहित ३ सय ५० जना कांग्रेसमा प्रवेश, सिंगो क्षेत्र नै काँग्रेसमय हुने संकेत

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको आयोजनामा मंगलबारको क्षत्रीयस्तरको आमसभामा संघीय समाजबादी फोरमका क्षेत्रीय सभापति अध्यक्ष हमिफ खान, सोही पार्टीका प्रदेश सभाका उम्मेदवार रहिसकेका मनोज कुमार शर्मा सहित बिभिन्न पार्टीका ३ सय ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेको समाचार छ । नेपाली काँग्रेस मुश्लीम संघ बाँकेको क्षेत्र नं १ नरैनापुरमा क्षेत्रीय आमसभामा बोल्दै केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले लोकतन्त्रको रक्षार्थ र जनताको हक अधिकारको सरक्षाका लागि नेपाली काँग्रेसलाई बलिायो बनाउन सबै मुश्लिमहरु एक जुट भएर अगाडि बढ्नुपर्ने समय आएको बताएका थिए ।

महिला संघकी पुर्ब केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सांसद डिला संग्रौलाले अब नेपाली काँग्रेसले संसद र सडकबाट आन्दोलन नगरि जनताको अधिकार सुनिश्चित नहुने बताइन् ।

कार्यक्रममा उपस्थित नेताहरु

यस्तै नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले मुस्लिमहरूको हक र अघिकार सुनिश्चत गर्ने नेपाली कांग्रेस नै मुस्लिमहरूको लागि उत्तम पार्टी भएको, नेपालकै इतिहासमा पहिलो पटक समावेश संविधान जारी भएको भन्दै मुस्लिमहरूको हक र अघिकार पार्टीमा काँग्रेसले सुनिश्चत गरेको विचार ब्यक्त गरे।

उक्त आमसभामा उमेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका क्षेत्रीय अध्यक्ष सहित ३ सय ५० जना काँग्रेसमा प्रवेश गरे ।बाँकेको साविक क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष हमिफ खान, सोही पार्टीका प्रदेश सभाका उम्मेदवार समेत रहिसकेका मनोज कुमार शर्मा लगायत रहेका छन् ।

यस्तै राप्रपाका रामानन्द शर्मा पनि काँग्रेसमा प्रवेश गरेका छन् । उनी नरैनापुर गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेका थिए । काँग्रेसमा अन्य पार्टीका अगुवा कार्यकर्ताहरुको प्रवेश गर्ने लहड चलेपछि सिंगो क्षेत्र नै काँग्रेसमय हने स्थानीय नेताहरुले दाबी गरेका छन् । पछिल्लो समयमा नेकपा नेतृत्वको ओली सरकारले नेपाल र नेपाली जनताका समस्या समाधान गर्ने भन्दा ठूला कुरामात्र गर्दै हिह्डेको भन्दै काँग्रेस नै मुलुकलाई निकास दिने विकल्प भएको नवप्रबेशीहरुले प्रतिकृया दिएका छन् । उनीहरुले उपेन्द्र यादब केपी शर्मा ओलीको पीछलग्गु भएको र मधेशलाई धोका दिएको आरोप समेत लगाए ।