प्रदेश 1

मध्यरातमा भुकम्पको धक्का

काठमाडौँ । प्रदेश नं १ को भोजपुरसहितका पहाडी जिल्लामा मंगलबार राति भूकम्प गएको छ । मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो भूकम्पको धक्का छिमेकी जिल्लाहरू खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा पनि महसुस भएको छ । ५ म्याग्निज्युड भन्दा सानो भुकम्पले खासै असर नगर्न सर्बसाधारणलाई सूचना जानकारी भएपनि जमिन हल्लिन थालेपछि आत्तिएर बाहीर निस्कने प्रचलन यथावत नै छ ।

२०७२ साल बैसाख १द्द गतेको महाभूकम्प पछि पनि सानातिना भूकम्पहरुले नेपालीहरुलाई तर्याउन छाडेको छैन ।

रातको समयमा भूकम्प गएपछि भोजपुरसहितका पहाडी क्षेत्रका बासिन्दा त्रसित भएर बाहिर निस्केका थिए । मंगलबार बिहान पनि काठमाडौँको थापाथलीलाई केन्द्रबिन्दु बनाउँदै गोरखा भूकम्पको परकम्प गएको थियो ।