बाग्मती

डा केसीका समर्थनमा हिँडेका नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप, केही घाईते

काठमाडौं । नयाँ वानेश्वरमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । गोविन्द केसीसँग गरिएको सहमति विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको भन्दै गरिएको प्रदर्शनमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा नेविसंघका महामन्त्री कुन्दन काफ्ले, रामप्रसाद अधिकारीसहितका विद्यार्थी नेताहरु घाइते भएका छन् ।

घाइते हुनेहरुमा नेविसंघ ३ नम्बर प्रदेश समितिको उपाध्यक्ष रामप्रसाद अधिकारी रअन्य विद्यार्थी नेता माथी लाठी चार्ज भएको छ लाठीचार्ज हुनेहरु नेपाल कमर्स क्याम्पस इकाइ सभापति बिष्णु कुमार खड्का, तपेन्द्र बुढा, गणेश टण्डन, चन्द्रदेब खनाल, रबिन्द्र रोकाया, कमल बास्तोला, शशिधर पोख्रेल, भुवन थापा, शंकर भण्डारी, अक्षय शाह, सत्यराज जोशी, सुधीर अधिकारी, बिष्णुहरि खड्का, गोपि भण्डारी, दुर्गा बराल, प्रनिम बराल, नारायण अधिकारी, बबिता चौलागाईं, शोभा महत, शुसान्त आचार्य, दिनेश सिंह लगायत विद्यार्थी नेता माथी लाठीचार्ज भएको छ घाइतेहरुको नयाँ वानेश्वरस्थित एभरेष्टमा अस्पतालमा उपचार भैरहेको छ। नेविसंघ कार्यकर्ताहरु ट्रलीबस स्टेसन तर्फबाट संसद भवनको पूर्वी गेटतर्फ अघि बढेपछि झडपको स्थिति सिर्जना भएको हो ।

यस्तै आज बसेको प्रतिनिधिसभा बैठकमा सो विधेयक पारित गराउने प्रयास गरेपछि नेविसंघका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् । त्यसक्रममा उनीहरुले जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराल प्रखर क्यान्सर अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

यता, प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेका नेविसंघका कार्यकर्तालाई लखेटेका थिए । काँग्रेसले सो दुई अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न दवाव दिँदै सोमबारबाट संसद बैठक अवरुद्ध पारिरहेको छ । उक्त कार्यक्रम को सम्योनन नेपाल कमर्स क्यापस मिनभवन इकाईले गरेको थियो ।