राजनीति

डा. केसीको माग पुरा नगरे काँग्रेस सडक र सदनबाट ओली सरकार बिरुद्धः डा. कोईराला

कावासोती । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले चिकित्सक डा गोविन्द केसीसँग गरेको सहमतिका आधारमा चिकित्सा विधेयक ल्याउन आग्रह गरेका छन् ।

आज कावासोतीमा पत्रकारसँगको कुराकानीमा महामन्त्री कोइरालाले सरकारले सहमति विपरीत विधेयक ल्याएर संसदबाट पास गराउन खोजे आफ्नो पार्टीले सदन र सडकबाट विरोध गर्ने बताए । उनले भने, ‘‘बलजफ्ती रुपमा चिकित्सा शिक्षा विधयेक पास गराएमा काङ्ग्रेसले विरोध शुरु गर्नेछ ।’’ डा गोविन्द केसीले उठाएको माग पूरा गराउनुपर्छ भन्नेमा आफूहरु रहेको उनको भनाइ थियो ।

महामन्त्री डा कोइरालाले पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको म्याद छ महीना थपेर भएपनि चुनाव गराउनुपर्ने बताए ।