आर्थिक

कामनाको गुराँस लाईफ इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंक र गुराँस लाईफ इन्स्योरेन्स कम्पनीबीच आज बैंकासुरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन सिम्झौतासंगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र गुराँस लाइंफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।

काठमाण्डौ – ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ सिाथै बैंकले ABBS, SMS Banking, Mobile Banking , C – ASBA लगायतका माध्यमबाट समेतसम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।