आर्थिक

शेयर बजार सामान्य अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०।७८ बिन्दुले बढेर एक हजार १६८।८३ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।४३ बिन्दुले बढेर २४८।०५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर रु २९ करोड २२ लाख १४ हजार ३४५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ ।

विशेष गरी जलविद्युत् ५।१४, वित्त १।७५ र उत्पादन उपसमूह ९२।२९ बिन्दुले घटेका छन् । यस्तै बैंकिङ ०।४३, होटल १५, विकास बैंक २।८७, निर्जीवन बीमा ०।१९, अन्य २।३९, लघुवित्त १७।६० र जीवन बीमा ६७।६८ बिन्दुले बढेको छ । समता माइक्रोफाइनान्स वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कम्पनी, नागबेली लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले बढी कमाएका छन् ।

यस्तै कञ्चन डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, युनिलिभर नेपाल, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था तथा एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले बढी गुमाएका छन् ।