शिक्षा

पत्रकारितामा बीए अध्ययनरत १४ विद्यार्थीलाई सूचना बिभागले छात्रवृत्ति दिने

काठमाण्डौ । स्नातक तहमा अध्ययनरत विदार्थीहरुका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रशारण विभागले स्नातक तहमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिने सूचना प्रकाशित गरेको छ ।

सूचना विभागले आर्थिक वर्ष २०७५र०७६ मा पत्रकारिता विषय लिई स्नातक तहमा अध्ययनरत १४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । छात्रवृत्तिका लागि पत्रकारिता विषय लिई प्रवीणता प्रमाणपत्र तह वा (१०ं२) उत्तीर्ण गरी स्नातक तहमा अध्ययनरत हुनुपर्ने छ ।

निवेदन दिएका विद्यार्थीहरुमध्ये बाट खुला ५ जना, महिना ३ जना, दलित १ जना विद्यार्थीलाई छनोट गरीने भएको छ । त्यस्तै, आदिवासीरजनजाती १ जना, मधेशी १ जना, मुस्लिम १ जना, अपाङ्ग १ जना र पिछडिएको क्षेत्र १ जना गरी १४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरीने सूचना तथा प्रशारण विभागले जनाएको छ ।

छात्रवृत्तिको लागि २०७५ साल फागुन ८ गते सम्म इमेल ठेगाना [email protected] मा निवेदन दिन सकिने छ । यस सम्बन्धी थप जानकारीको लागि सूचना तथा प्रशारण विभागले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ । www.doinepal.gov.np मा पनि सूचना राखिएको छ ।