राजनीति

काङ्ग्रेस महासमिति बैठकपछि पार्टीभित्रको गुट–उपगुट अन्त्यः प्रवक्ता शर्मा

धनगढी । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनशनरत् प्राध्यापक डा गोविन्द केसीले राखेका माग आम नेपाली जनताको भावनासँग जोडिएको बताएका छन् ।

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले आज चिकित्सा शिक्षाको सुधारका विषयमा डा केसीले राखेका माग सम्बोधन गर्न नै विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले माथेमा कार्यदल गठन गरी काम अघि बढाएको बताए ।

सरकारसँग भएको सहमतिबमोजिम केसीका माग सम्बोधन गर्नुपर्ने उनले बताए । पत्रकारको प्रश्नमा उनले काङ्ग्रेस महासमिति बैठकपछि पार्टीभित्रको गुट–उपगुट अन्त्य भएको दाबी गरे ।