आर्थिक

टिभिएसद्वारा आयोजित ५ दिने ग्रान्ड एक्सचेन्जका बिजेता सार्वजनिक

काठमाण्डौ। जगदम्बा मोटर्स, अन्तर्रा्ष्ट्रिय जगतका प्रशिद्ध दुइ तथा तिन पांग्रे सवारीका उत्पादक टिभिएस मोटर कम्पनिको नेपालकै एकमात्र अधिकृत बिक्रेता, द्वारा आयोजित ४ दिने, पुष २५ गते – पुष २८, ’दि टिभिएस ग्रान्ड एक्सचेन्ज‘ कार्यक्रम ग्राहकको उच्च माग र उत्सुकतालाइ मध्यनजर गर्दै थप १ दिन बढाइ पुष २९ मा सम्पन्न भएकोे थियोे ।सो–कार्यक्रममा निशुल्क स्वास्थ्य जाँच र बम्पर उपहारमा टिभिएसको स्ट्राइकर १२५ सी.सी मोटरसाइकल प्रमुख आकर्षण रहेको थियो । जसको बिजेता लक्की–ड्र मार्फत कार्यक्रमको अन्त्यमा राज कुमार श्रेष्ठ ज्युलाइ हस्तान्तरण गरिएको थियो ।

नेपाली बजारमा निकै नाम चलेको र मन पराइएको यस कम्पनीले यो एक्सचेन्ज योजनामा जुनैपनि कम्पनीको बाइक वा स्कुटरसंग आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथ साथै छुटको पनि व्यवस्था गरेको थियो । ग्राहकहरुको सेवा तथा सुबिधाको लागि गरिएको यस आयोजना मार्फत अत्याधिक ग्राहकहरुको सहभागिताका साथ साथै ५ दिनमा करिब ५०० बाइक र स्कुटरएक्सचेन्ज गर्न सफल भएको छ ।

कुनै पनि सवारी साधन एक्सचेन्ज गर्न मिल्ने यस कार्यक्रममा २०% डाउनपेमेन्टमा ०% ब्याजदर, रु ८००० सम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग), जुनै सवारीमा न्युनतम रु २५००० मुल्यांकन, रु ७००० — रु १००००० सम्मको नगद छुटरबम्पर उपहारमा टिभिएस स्ट्राइकर १२५ सी.सी. बाइक हरु जस्ता आकर्षक उपहारको व्यवस्था गरिएको थियो । “ ग्राहकहरुको सक्रिय सहभागिता देखेर हामी निकै खुशि भएका छौ त्यसैले टिभिएसले आउने दिनहरुमा ग्राहकहरुके सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न कार्यक्रम र अफरको आयोजना गर्ने उद्देश्य बोकेको छ।“ कम्पनिका बजार प्रमुख बिक्रम पौडेलले भने ।