आर्थिक

कामना सेवाको नेपाल रेमिटसँग विप्रेषण कारोबार सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंक र नेपाल रेमिट इटरनेशनलबीच आज विप्रेषण कारोबार सेवाप्रदानगर्ने गरि सम्झौतापत्रमा हस्ताक्ष्ँर भएको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनलको विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वितहुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट तथात्रकान्जेक्सन बैकिङ्ग प्रमुख सुवास भट्टराई र नेपाल रेमिट इटरनेशनलको तर्फबाट कार्यकारी निर्देशक सुमित मित्तलले हस्ताक्ष्ँर गरेका थिए ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।