आर्थिक

सिभिल बैंक र एशीयन लाइफबीच सम्झौता

काठमाण्डौ । सिभिल बैंकले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले एशीयन लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एशीयन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अब एशीयन लाइफका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखा मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वितहुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

सिभिल बैंकले यस अघि पनि जीवन वीमा कम्पनीहरु तथा निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।