आर्थिक

शेयर बजार, दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०।८६ विन्दुले घटेर एक हजार १६८।०६ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।८७ विन्दुले घटेर २४७।६१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन् ।

आज कारोवार भएका कूल ११ उपसमूह मध्ये आज वित्त उपसमूह ०।६५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ४।६२, व्यापार २।९६, होटल १९।५२, विकास बैंक ७।७६, जलविद्युत् ४२।१७, निर्जीवन बीमा ४२।६७, उत्पादन २३।५२, अन्य ११।६०, लघुवित्त २५।५१ र जीवन बीमा ६१।६८ विन्दुले घटेको छ ।

घटेको बजारमा गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी कमाएका छन् । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन् ।

त्यसैगरी स्टकमा आजै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवार सुरु भएको छ । सो संस्थाको सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम रु १६८ र अधिकतम रु ५०५ रहने गरी सीमा निर्धारण गरिएको थियो ।