समाचार

डा. केसीको स्वास्थ्य अवस्थामा ओली सरकार मौन, माग पुरा नहुन्जेल अनशन स्थगीत नगर्ने अडान यथावत

काठमाण्डौ । ईलाममा अनशनमा बसेका शिक्षण अस्पतालका आवाशीय चिकित्शक प्रा. डा. गोबिन्द केसीका माग पुरा गर्ने रणनीतिभन्दा पनि स्वास्थ्य विधेयक पास गर्ने तयारीमा सरकार लागेको देखिएको छ । ईलाममा अनशन बस्दा स्वस्थ्यमा समस्या आएपछि केदारभक्त माथेमासहितका विशेषज्ञको सल्लाहअनुसार नाईटभिजन हेलिकप्टेरमा काठमाण्डौको शिक्षण अस्पतालमा उपचार गरिरहेका डा. केसीलाई ९ दिनको दिन काठमाण्डौ ल्याईएकोे थियो ।
प्रधानमन्त्रीसहितको टोली स्विजरल्याण्डा भ्रमणका लागि आईतबारमात्र ७ दिन बाहिरिएको छ भने डा. केसीले आफ्ना मागहरु पुरा नभए अनशन स्थगीत नगर्ने बताईएकेका छन् । एकातिर डा. केसीको स्वस्थ्य अवस्था गम्भीर छ भने अर्कोतिर नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जिम्मेवार मन्त्रीहरुले  उनको मागका ९९ प्रतिशत बुंदाह पुरा भईसकेकोे बताईरहेका छन् । डा. केसीका माग स्वस्थ्य क्षेत्रको मात्र नभई सर्बसाधारणको हितमा भएको भन्दै झण्डै एक महिने अनशनका १५ औं अनशनमा  बेला सहमती गरेको सरकारले उही सहमती उलंघन गरेको भन्दै अध्यक्षद्वय पुष्पकमल दहाल र केपी शर्मा ओलीका बिरुद्ध अनशन बस्ने मागसहित ईलामबाट उनले १३ दिन अगाडि अनशन शुरु गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी लगायतका दलहरुले डा. केसीका माग पुरा गर्न ओली सरकारलाई दबाब दिईरहेपनि उक्त दबाबको ओली सरकारले ख्याल नै नगरेको देखिन्छ भने मंगलबारबाट नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले देश ब्यापी सबै प्रदेशका मुख्य शहरमा बिरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ ।