कर्णाली प्रदेश

चितुवाको छालासहित युवक पक्राउ

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको एक र चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चितुवा तथा ध्वाँसे चितुवाको छालासहित युवकलाई पक्राउ गरेको हो । ५ नं प्रदेशको अपराध अनुसन्धान समूहको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र सो अपराध अनुसन्धान समूहको संयुक्त टोलीले कर्णाली राजमार्गअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–३ ऐरी चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ पर्ने युवक रास्कोट नगरपालिका–४ कालीकोटका २९ वर्षीय टङ्कप्रसाद उपाध्याय हुन् । विशेष सूचनाका आधारमा युवकले बोकेको झोला जाँच गर्दा झोलामा चितुवाको छाला र ध्वाँसे चितुवाको छाला दुई थान भेटिएको बताइएको छ ।