आर्थिक

जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैङ्कासुरेन्स सम्झौता

काठमाण्डौ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल र कञ्चन डेभलपमेन्ट बैंकबीच बैङ्कासुरेन्स सेवाप्रदानगर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा डेभलपमेन्ट बैङ्क बीचमिति २०७५ माघ ६ गते आईतबारकादिनआयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका प्रमुखकार्यकारी अधिकृत बिरुराम जैशीर इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदानगर्ने निर्जीवन बीमा सम्वन्धी सेवासुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।