राजनीति

सातै मुख्यमन्त्रीसहित प्रधानमन्त्रीलाई घेराउ कार्यक्रममा सहभागी हुन देशभरका तरुणलाई अध्यक्ष बस्नेतको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलले ८ गतेदेखी १४ गतेसम्म ओली सरकारले नेपाली जनताका बिरुद्धमा थोपरेको कर, महंगी, बलात्कार, हत्याहिंसा, वाईड बडी लगायतका अर्बौका भ्रष्टाचार काण्डका बिरुद्ध देशभरका तरुण नेता कार्यकर्ताहरुलाई एकजुट भई प्रदर्शनमा उत्रन परिपत्र गरिसकेको छ । सातै प्रदेशमा गरिने बिभिन्न बिरोध कार्यक्रमहरुले नेपाली जनता बिरुद्धमा देखिएका सरकारका गतिबिधिहरुको भण्डारफोर हुने तरुण दलको विश्वास छ । तरुण दलका केन्द्रीय नेताहरु उक्त बिराटनगरदेखी धनगढीसम्म हुने प्रदर्शनको नेतृत्व गर्न गईसकेका छन् ।

नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरूद्ध तरुण दलले सातै प्रदेशका केन्द्रमा आगामी ८ गतेदेखि शसक्त रुपमा आन्दोलन गर्न लागेको हो। तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले शनिबार निकालेको प्रेस विज्ञप्तिमा माघ ८ देखि १४ गतेसम्म प्रदेशका केन्द्रमा विरोध कार्यक्रम तय गरेको उल्लेख छ।

निर्मला पन्तका बलात्कारी तथा हत्यारालाई सरकारले संरक्षण गरेपछि उत्पन्न भयावह अवस्था, वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न नदिन सरकारले लगाएको अंकुशपछि उत्पन्न भ्रष्टाचारको कहालीलाग्दो अवस्था लगायत जल्दाबल्दा समस्या तरूण दलले उठाउँदै आएकोछ ।

यसैगरी, संघीयतालाई धराप पार्ने किसिमले ल्याइएका विधेयक तथा सरकारका गतिविधि, गरिब जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको कर, मधेसी तथा जनजाति समुदायको माग सम्बोधन हुने गरी संविधान संशोधन विधेयक ल्याउन प्रति चासो नदेखाएको, डा.गोविन्द केसीका माग पूरा गर्ने गरी विधेयक ल्याउन गरिएको ढिलासुस्ती, कर्मचारी समायोजनका सन्दर्भमा ल्याइएको विभेदकारी हस्तक्षेप, नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनका नाममा २३ अर्ब रुपैयाँ हिनामिना गर्न लागिएको प्रकरणलगायतका मुद्दालाई लाक्षित गरी तरूण दलले विरोध कार्यक्रम आयोजना गरेको हो।

अध्यक्ष बस्नेतले भने,ुगत बिहीबार बुटवलमा कांग्रेसका युवा नेताहरुले सरकारविरूद गरेको शक्ति प्रर्दशन जस्तै आन्दोलनको रूपमा रहेनेछ।ु अध्यक्ष बस्नेतले सकेसम्म सर्वसाधारणको जनजीवनमा असर नपर्ने सरकारिवरूद विरोध कार्यकम गरिने बताए। सरकार विरुद्धको आन्दोलन अन्तरगत प्रदेश राजधानीहरुमातरुण दलले माघ ८ गते १ नम्बर प्रदेशको विराटनगरमा, माघ ९ गते २ नम्बर प्रदेशको जनकपुरमा, माघ १० गते ३ नम्बर प्रदेशको हेटौडामा र माघ ११ गते गण्डकी प्रदेशको पोखरामा आन्दोलन गर्ने भएको छ ।

यस्तै ५ नम्बर प्रदेशको भैरहवामा माघ १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ १३ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १४ गते आन्दोलन गर्ने निर्णय अनुसार विरोध कार्यक्रमलाई अन्तिम रूप दिएको छ।
नेपाली काँग्रेसको सशक्त भातृसंस्थाको रुपमा देखिएको तरुण दलले आफ्ना कार्यक्रमहरु सकृय रुपले संचालन गरिरहेको मुल्याँकन गर्दै काँग्रेसबृतमा नेबिसंघको भने आलोचना हुन थालेको छ । तरुण दलको बिरोध कार्यक्रममा उपस्थित हुन अध्यक्ष बस्नेतको निर्देशन पश्चान ७७ वटै जिल्ला अध्यक्षहरुले तरुण कार्यकर्ताहरु तयार पारेका छन् भने ओली सरकारले उक्त आन्दोलनका समयमा हुन सक्ने क्षतीलाई महत्व दिँदै हजारौं प्रहरी परिचालन गर्ने संकेत दिएको छ ।

केहीदिन अगाडि महासचिव शाहीद्वारा जारी गरिएको निर्देशनात्मक पत्र