बाग्मती

ट्रक दुर्घटनामा चार घाइते

रसुवा । उत्तरी रसुवाको याङ्याङ पाखामा मालवाहक ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान ११ः३० बजे सिमेण्ट बोकी रसुवागढीतर्फ जाँदै गरेको ना ५ ख ५२०३ नंको बाह्रचक्के एलपी ट्रक दुर्घटनामा परेको थियो ।

घाइतेको रसुवा अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौँ लाने तयारी भरहेको बताइएको छ ।