सुदूरपश्चिम

वषौँ बित्दा निर्माण भएनन् मोटर चल्ने पुल

डोटी । निर्माण शुरु गरेको वर्षौ बितिसक्दा समेत यहाँ मोटर चल्ने पुल अझै निर्माण हुनसकेका छैनन् । ठेकेदार कम्पनीको लापरवाहीका कारण ती पुल अझै निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीको आरोप छ । ठेकेदार कम्पनीले विभिन्न बहाना देखाई पुल निर्माणको कार्यमा ढिलाइ गर्ने गरेको डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ ।

तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७१ साल असार २९ गते सम्झौता भएको शिखर नगरपालिकामा रहेको सातनाली सडक पुलको हालसम्म १० प्रतिशत मात्रै काम भएको छ । पहिलो पटक भएको तीनवर्षे सम्झौता २०७४ साल असार २९ गते सकिए पनि अर्को सम्झौता भएको छैन ।

मूल्य अभिवृद्धि कर ९भ्याट० सहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब चार सय मिटर लम्बाइको उक्त आरसिसी पुल डिभिजन सडक कार्यालयले पुष्प÷राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माणकार्य शुरु गराएको थियो । पुल निर्माण हुने समयावधि समाप्त भएर पनि एक वर्ष वितिसक्दा समेत पुलका दायाँबाँया पिल्लर समेत बनेका छैनन् ।

पुल निर्माणको कार्य शुरु भएपछि सडक सञ्जालमा जोडिने आश लिएर बसेका स्थानीयवासी फेरि निराश हुन थालेका छन् । सेती नदीमा निर्माण हुने उक्त पुल अझै निर्माण हुन नसक्दा शिखर नगरपालिका–११ सडक सञ्जालमा जोडिन सकेको छैन् । पुल निर्माण कार्यमा ढिलाइ हुनुको मुख्य कारण निर्माण व्यवसायीको लापरवाही भएको पुलको साइड हेर्ने सडक कार्यालयका

पुल निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुराको पर्शुराम नगरपालिकाका नगर प्रमुख भएका छन् । यस्तै दुई वर्षमा बनेर सञ्चालनमा आउनुपर्ने जिल्लाको अर्को पुल ६ वर्ष बितिसक्दा समेत सञ्चालनमा आएको छैन् । जोरायल गाउँपालिकाको कुम्रेली गाड ९नदी० मा निर्माणाधीन पुल दुई वर्षमा सम्पन्न गर्ने गरी सडक कार्यालय र एसबिए÷चन्द्र एण्ड वसन्त र आइएस जेभी निर्माण कम्पनीले विसं २०६८ असार २३ गते पहिलो सम्झौता गरी काम शुरु गरेको थियो ।

कुल लागत रु दुई करोड ५८ लाख ७२ हजार ९१७ मा निर्माण भइरहेको उक्त पुल निर्माणको समय विसं २०७० साउन ४ गतेसम्म मात्र रहेको थियो । करिब ५० मिटर लम्बाइ रहेको उक्त पुल निर्माण सम्झौता तेस्रो पटकसम्म थप भइसक्दा समेत अझै निर्माण कार्य पूरा हुन सकेको छैन् । ठेकेदारको लापवाहीले योजना समयमा सम्पन्न हुन नसकेको इञ्जिनीयर महानन्द जोशीले बताए । निर्माण कम्पनीले योजना सम्पन्न पनि गर्नुपर्ने र ढिलो भएमा हर्जना पनि तिर्नुपर्ने बताउँदै उहाँले पुल सम्पन्न नगरेरै छाडे कम्पनीलाई कालो सूचीमा राखिने जानकारी दिए ।

तेस्रो पटक विसं २०७२ माघ २९ गतेदेखि २०७३ भदौ १४ गतेसम्मको लागि पुल निर्माणको सम्झौताको म्याद थप गरिएको थियो । निर्माण कार्य अझै बाँकी रहेको भए पनि २०७३ भदौ १४ गतेदेखि भने हालसम्म सम्झौताको म्याद थप नगरिएको सडक कार्यालयले जनाएको छ । पुल निर्माण नहुँदा स्थानीय तथा विद्यार्थीले नदी तर्न नसक्दा पुलमा भ¥याङ लगाएर नदी वारपार गर्न बाध्य भएका छन् ।