राजनीति

डा. कोईरालाको दाबीः काँग्रेसबाट विजय भएका स्थानीय तहमामात्र विकासको लहर

काठमाण्डौ । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले अब कसरी युवाहरुलाई काँग्रेसमा आकर्षित गर्ने भन्ने कुरा महत्वपूर्ण भएको बताएका छन् । नेपाली काँग्रेसमा मेहेनत गर्ने, संगठन गर्ने ब्यक्तीलाई अगाडि बढाउनुपर्ने बताएका छन् । आफ्नी छोरी र परिवार राजनीतिमा नभएको जिकिर गर्दै बिस्तारै बिस्तारै गुट अन्त्यतिर जानुपर्ने समय आएको बताएका छन् । डा. कोईरालाले काम गर्नेलाई जिम्मेवार बनाउन सकेमा त्यसले नेपाली काँग्रेसको गलत प्रचारलाई तोड्न सक्ने दाबी गरेका छन् ।

नेपाली काँग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने नेपलाी जनताले स्वीकारिसकेको कुरा भएको बताउँदै ७५३ स्थानीय तह, प्रदेश र केन्द्रमा काँग्रेसको अवस्था नाजुक भएको स्वीकार्दै कम्युनिष्टहरुमा सबै शक्ती एउटै ब्यक्तीको हातमा हुने दाबी गरेका छन् । नेकपासंग दुईतिहाई बहुमत छ उसले जतिबेला पनि संबिधान संसोधन गर्न सक्ने हुंदा सम्पतीमाथीको अधिकारका बारेमा जनताले चनाखो हुनुपर्ने बताएका छन् । उपेन्द्र यादब ०४८ सालमा एमालेकातर्फबाट गिरिजा प्रसाद कोईरालासँग निर्बाचन लडेको ब्यक्ती भएको दाबी गर्दै त्यसपछि माओबादी भएको र पछिल्लो समय मधेशको मशिया भएको बताए ।

उपेन्द्र यादब स्वस्थ्यमन्त्री हुन् तर शुसील कोईराला र गिरिजा प्रसाद कोईरालाको नामको अस्पतालको नाम परिवर्तन गर्ने प्रस्ताव लिएर जान्छन् कसरी लोकतान्त्रीक हुन् उपेन्द्र यादब त्यो मेधशका जनताले नै बुझ्ने बेला आएको बताएका छन् । मधेशमा शुरु भएको बिकासको लहर नेपाली काँग्रेस विजयी भएको स्थानमा मात्र आएको दाबी गर्दै जनतालाई हिमाल, पहाड र तराईमा काँग्रेस विजयी भएका स्थानमा हेर्न आग्रह गरेका छन् । करका कारण जनतालाई मार्का परेको बताउदै राजश्वको बाँडफंड गर्ने वित्त आयोग बनाउने कार्य गर्न सरकारले ढिलाई गरेकाले समस्या उत्पन्न भएको जिकिर गरेका छन् । नेपाली काँग्रेस बाह्रा नगरसमितिद्वारा आयोजीत कायर्यक्रममा बोल्दै आफूलाई १४ औं महाधिवेशनमा सहयोग गरेमा देशको समग्र राजनीतिलाई नै सुधार गर्न सक्ने भन्दै कार्यकर्तालाई पार्टी सभापतिका लागि सघाउन घुमाउरो पारामा आग्रह गरेका छन् ।