राजनीति

काँग्रेस संसदीय दलका नेताले गरे ओली सरकारको गाडी फिर्ता गरेर सह्रानीय कार्य

रुपन्देही । प्रदेश नं ५ नेपाली काङ्ग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका हुन् ।

प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महँगोमा गाडी खरीद गरेको समाचार बाहिर आएपछि उहाँले सो बारे निष्पक्ष छानबिनको माग गर्दै गाडी फिर्ता गरेका हुन् । नेता पोखरेलले आफू चढिरहेको लु१झ ४४७ नंको गाडीको साँचो संसद् सचिवालयका सचिव दुर्लभकुमार पुनमगरलाई फिर्ता गरेका हुन् । साँचो बुझाउँदै पोखरेलले सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरीद गरेका सबै गाडीको कागजात झिकाइ छानबिन थालेकाले नैतिकताको आधारमा गाडी फिर्ता गरेको बताए ।